काठमाडौं//नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा दुई वर्षका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।
उनि सन् २०२३ सम्मका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।
१ सय ४० भन्दा बढी देशका सांसद रहने उक्त सञ्जालको बोर्डमा दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको नेता थापाले बताएका छन् ।