बिर्तामोड / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन् ।
देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरू लागेको आरोप लगाएका हुन् ।
उनले भने, –‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन् । जसले हाम्रा चरित्र हत्या गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए । एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो ।’
तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।
गठबन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भने, ‘गठबन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’