विराटनगर / फरार सूचीमा रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेपछि प्रहरी अलर्ट बनेको छ । 

सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी खातुन मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन प्रदेश सभाको बैठकमा आउने चर्चा चलेपछि प्रहरी ‘अलर्ट’ बनेको हो।

सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिवाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छिन् । उनी मोरङबाट समानुपातिक सांसद हुन्।