झापा / सरकारले फेरि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
पेट्रोल, डिजेल र मटितेलकाे प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलकाे प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेपछि पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।




































