काठमाडाैँ  / देशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुदेशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुदेशकै ठूलो व्यवसायीक घराना चौधरी ग्रुपले जनस्वास्थ्य ऐन २०७५ को धज्जी उडाउँदै आफ्ना उत्पादन बिक्रीका लागि मानव स्वास्थ्यमा नै खेलवाड गर्न थालेको छ ।

जनस्वास्थ्य ऐनको दफा ४५ मा मानव स्वास्थ्यमा असर पर्ने गरी विज्ञापन उत्पादन , प्रकाशन तथा प्रसारण गर्न बन्देज लगाएको छ । जनस्वास्थ्य ऐन विपरीत विज्ञापन उत्पादन प्रकाशन तथा प्रसारण गरे कानुन बमोजिम कारवाही हुने कानुनी व्यवस्था रहेको छ । 

आर्थिक प्रभावका कारण प्राप्त सरकारी संरक्षणको फाइदा उठाउँदै चौधरी परिवारले आफ्नो लगानीमा सञ्चालनमा रहेको मदिरा उद्योगको उत्पादनको बिक्रीका लागि मानवीय स्वास्थ्यमा नै खेलवाड गर्न थालेको हो ।

विवादास्पद छविका चर्चित उद्योगी विनोद चौधरीका सहोदर भाइ बसन्त चौधरी सञ्चालक रहेको  ‘द नेपाल डिस्टिलरिजको उत्पादन खुकुरी रमको बिक्रीका लागि मुलुकको प्रचलित ऐनको धज्जी उडाउँदै विज्ञापन गर्न थालेको हो । 

ट्याक्स हेवेन मुलुकबाट शंकास्पद कालोधन भित्राएको , कर छली गरेको र विदेशबाट आएका पर्यटकलाई ठगी गरेको लगायतका अभियोगमा मुछिएका उद्योगका सञ्चालक बसन्त चौधरीले खुकुरी रमको बिक्रीका लागि भ्रामक अनि अतिरञ्जित तवरले सामाजिक सञ्जाल मार्फत विज्ञापन गर्न थालेका हुन् । 

कानुन उलङ्घनका घटनामा कारवाहीबाट उन्मुक्ति पाउँदै आएको चौधरी परिवारले पटक पटक कानुन विपरीतका हर्कत गर्ने गरेको भएपनि कारवाही हुन सकेको छैन । परिवारका जेष्ठ सदस्य बिनोद चौधरी राजनीतिक दल परिवर्तन गर्दै राजनीतिक दललाई आफ्नो कब्जामा राख्न सफल व्यवसायीका रुपमा समेत मानिन्छन् ।

संसारका धनाड्यको सुचीमा समेत पर्न सफल भएका विनोद चौधरी यतिबेला भने सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रिय सदस्य रहेका छन् । केही समय अघि आरक्षित कोटाबाट कांग्रेसको केन्द्रिय सदस्य बनेको भन्दै चौधरीको पनि कांग्रेस भित्र र जनस्तरबाटै आलोचना भएको थियो । 

खुकुरी रमका संचालकका रुपमा रहेका उनै नेता एवं उद्योगी चौधरीका सहोदर भाइ बसन्तकै नेतृत्वमा देशकै ठूलो अस्पताल भनेर चिनिएको नर्भिक अस्पताल समेत सञ्चालनमा रहेको छ ।

आफ्नो परिवारको लगानीमा सञ्चालनमा रहेको मानव स्वास्थ्यका लागि हानिकारक मानिएको मदिरा बेच्न कानुन विपरीतको हर्कत गरिरहँदा उनकै अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई भने चिकित्सकले मदिरा नपिउन सुझाव दिने गरेका छन् । 

आफ्नै अस्पताल जानेलाई मदिरा नपिउन सुझाव दिने गरेको चौधरी परिवारको लगानी रहेको उद्योगले भने आफ्नो उत्पादन बिक्रीका लागि झुटो अनि भ्रामक प्रचार गरिरहेको छ । चौधरी समुहले कानुन विपरीत मदिरा बिक्रीका लागि सामाजिक सञ्जाल मार्फत गरिरहेको विज्ञापनका विषयमा विगतमा झै यस पटक पनि सरोकारवाला नियमनकारी निकायले अन्देखा झै गरिरहेका छन् । 
  
मदिरा सेवनका कारण स्वास्थ्यमा गम्भिर अवस्था आएपछि उपचारका लागि चौधरी ग्रुपकै लगानीमा संचालित नर्भिक अस्पताल पुगेका बिरामीलाई चिकित्सकले जाडो महिनामा मदिरा तथा सुर्तिजन्य पदार्थ सेवन गर्नु अन्य समय भन्दा वढि हानिकारक हुने चेतावनी दिने गरेका छन् ।

तर यहि समयमा अस्पतालकै लगानीकर्ताद्धारा संचालनमा रहेको उद्योगले भने हिटर भन्दा पनि जाडोमा मदिरा उत्तम भएको भनेर भ्रामक प्रचार गरिरहेको छ ।