काठमाडौं / ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका- ३, दियाले घर भएका २३ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरीलाई जेठ १४ गते साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने थाहा हुन साथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.