झापा / मंगलबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले छ । प्रदेश १ को एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।






































