झापा / तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्ने मौखिक उजुरी परेपछि इलाका प्रहरी कार्यालय नारेश्वरटारले आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए ।




































