काठमाडौं / काठमाडौंको कलङ्कीमा ढुंगा प्रहार गरि महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कलङ्कीमा फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि शनिबार बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको थियो ।
टाउकोमा ढुंगा प्रहार हुँदा घाइते भएकी उनलाई नेपाल नेशनल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए।




































