बिर्तामोड / छात्रा माथि बलात्कारको प्रयास गरेको आरोपमा इटहरी स्थित सेक्रेड हार्ट इङ्लिस स्कुलका बसका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी -५ निवासी वर्ष ३६ का लाल बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छात्रामाथि बलात्कारको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उजुरीका आधारमा चालक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।




































