बिर्तामोड / पाँचथरमा भएको सवारी दुर्घटनामा परि झापा हल्दीबारीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा हल्दीबारी गाउँपालिका साबिक जलथल गाविस ५ निवासी ४५ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
आइतबार अपराह्न ४ः बजे झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम जादैँ गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खसेको थियो ।




































