काठमाडौँ / नेपाल प्रहरीको आईजीपी बढुवा विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको दावीसहित बैशाख १९ गते सर्वोच्चमा दायर गरेको रिटमाथि आज सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् ।
तर मुद्दाको बहस नसकिएपछि यसअघि दुईपटक हेर्दाहेर्दैमा राखिएको थियो । आजको पेशीमा आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।




































