काठमाडौँ / नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौँमा बस्दैछ । बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दै छ ।
बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा छलफल गरिने जनाइएको छ ।




































