बिर्तामोड / मोरङको रंगेली नगरपालिका- ७ स्थितमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मंगलबार दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका विद्यार्थी रंगेली -७ का महादेव मण्डलको ४ वर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए ।

बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाइम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउना साथ मृत्यु भएको थियो भने सुनमको विराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।