बिर्तामोड / धनकुटा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार साढे १० बजे धनकुटा छथर जोरपाटी गाँउपालिका - १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको हो ।

यस्तै हिजै दिउसो सवा १ बजे सुनसरी इनरुवा नगरपालिका -१ पूर्व टोल का ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।