बिर्तामोड / झापा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । 

१२ः३० बजेसम्म प्राप्त मतपरिणामअनुसार एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिइरहेका छन् भने गठबन्धनका उम्मेदवार हरिकुमार रानाले पछ्याइरहेका छन् । 

हालसम्म प्राप्त मतपरिणामअनुसार जम्मा तीन हजार ८७७ मत गणाना गर्दा घिमिरेले एक हजार  ४२६ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने रानाले ८४८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । 

त्यस्तै स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल ८०६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्रप्रसाद गिरी ४७४ मत सहित चौथो स्थानमा छन् ।

हालसम्म २४५ मत बदर भएकाे  मुख्य निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।