काठमाडौँ / नेपाली बजारमा आजपनि  सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी आज  २५ रुपैयाँले घटेको हो । सोमबार १ हजार ४ सय  २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।