धनगढ़ी l कैलालीको धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ। नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा अत्याधुनिक बसपार्क निर्माण गरिने भएको हो।
नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ।
धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने जनाइएको छ। #Dhangadhi #kailali #buspark