चितवन— डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको हो ।
योग्यता एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । अनुभवमा लघुवित्त कम्पनीमा कम्तीमा ६ महीनादेखि काम गरिरहेको हुनु पर्नेछ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकलको लाइसेन्स भएकाले प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
परीक्षा लिखित र अन्तर्वाता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असार १६ गतेभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।