काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा १.०७ अंकको गिरावट आउँदा नेप्से परिसूचक घटेर २६५३.६८ अंकमा पुगेको छ । आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबैभन्दा धेरै गुमाए ।