काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ।

निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० हुनेछ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ पर्नेछ।