काठमाडौं -  ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटेल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एन्ड रिसोटबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।


समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।


समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा संचालित होटेल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।


आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनाहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटेल तथा रिसोर्टहरू संचालनमा छन् ।