काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको छ ।

सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन गर्न तादरुकता नदेखाएको र निर्णायक पहलकदमी नभएको भन्दै विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको हो ।

आफूहरुको मागस सम्बोधन नभएसम्म आन्दोलन जारी रहेको महासंघको भनाइ छ ।आज एक संयुक्त विज्ञप्ति जारी गर्दै निरन्तर आन्दोलनको कार्यक्रमहरु गर्दै जाने र देशभर पसलहरु अनिश्चिकालसम्मको लागि बन्द गर्ने घोषणा गरेका छन् ।

तत्काल अध्ययन कार्यदल गठनगरी जायजमाग सम्वोधन गर्न सरकारलाई अपिल समेत गरेका छन्। सरकारले यथा सिघ्र मागलाई सम्वोधन नगरेमा महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सबै सुन चाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघद्वारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने घोषण गरेका छन्।