काठमाडौं - साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३२८ स्टकको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको छ । यस अघि बिहीबार कुल ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।यसदिन सप्तकोशी विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । विन्ध्यवासीनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडको शेयर मूल्य आज ८.९७ प्रतिशतले बढेर ४९५.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी माछापुच्छ«े बैंकको डिबेन्चरको मूल्य पनि ९०.३० रुपैयाँले वृद्धि हुँदै १२ सय ५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन जोशी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत अर्थात १९.३१ रुपैयाँले घटेर ३२७.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनीलिभर नेपाल लिमिटेडको शेयर मूल्य १ हजार ६३८ रुपैयाँले घट्दै ४५ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि सर्वाधिक घटेको छ ।
आज साहस उर्जा लिमिटेड, बुटवल पावर कम्पनी, युनियन हाइड्रो, नाग्दी ग्रुप र राधि जलविद्युत कमपनीको शेयर सर्वाधिक कारोबार भएको छ ।