काठमाडौं— गुडविल फाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिदका लागि निवेदन दिन सक्नेगरी बिक्रीमा राखिएको हो । 

सेयर खरिदका लागि निवेदन काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।