अहिलेका चर्हित गायक तथा मोडेल दुर्गेस थापाले गुराँस नानीलाई फोन उपहार दिने घोषणा गरेका छन्। पछिल्लो गीत ‘जाने भए जाम माया’को सफलतापछि गायक थापा अहिले अस्ट्रेलिया टुरमा छन् ।
गायक थापा अस्ट्रेलिया जानुअघि उनी ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए । ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका हुन् ।
अस्ट्रेलियाबाटै स्टाटस लेख्दै दुर्गेशले आफूले उक्त फोन गुराँस नानीलाई गिफ्टस्वरुप दिने बताएका छन् । उनी लेख्छन्, ‘गुराँस ननी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको शैलीलाई मन पराएर नै हामीले पछिल्लो समय हजुरसँग सहकार्य गर्यौं, जसले खनिकै सफलता प्राप्त गरेको छ । म ‘अनर’ मोबाइको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो एक्स सिक्स सी फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ । अब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान – दुर्गेश थापाको तर्फबाट ।’