काठमाडौं — शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जका अनुसार उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।

वृत्तका प्रवक्ता अपिल बोहोराले अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए। “शेयरसम्बन्धी ठगी र विश्वासघात मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो,” बोहोराले भने।

प्रहरीका अनुसार अग्रवालविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।