प्रदीप शाहीको निर्देशनमा तयार भइरहेको फिल्म ‘एक्लो’को २ मिनेट लामो दृश्य खिच्न ६ घन्टा लागेको छ । नेपालको पहिलो साइफाई फिल्मको रुपमा चित्रित गरिएको यो फिल्मको २ मिनेटको दृश्यका लागि पूर्व तयारी समेत गरिएको थियो ।


तर, कलाकार तथा प्राविधिकहरुले कुनै सानो गल्ती गर्दा पनि सुरुबाटै खिच्नु पर्ने भएका कारण समय लागेको कार्यकारी निर्माता विनोद सुवेदीले जानकारी दिएका छन् ।


यो फिल्मको केही महत्वपूर्ण दृश्यको छायांकनका लागि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेट लगाइएको थियो ।यो फिल्मलाई पौष महिनामा रिलिज गर्ने तयारी गरिएको छ ।


तीन मिनेट लामो एक सट दृश्य खिच्नका लागि विशेष तयारी गरिएको हो । यो दृश्यमा कलाकार विजय लामा र नायिका दीया पुन सहभागी भएका छन् ।


दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटना भएको खिचिएको छ, जहाँ जम्बीका कारण भिडभाड भएको देखाइएको छ । यो दृश्यले फिल्मको कथा अगाडि बढाउन मद्दत गर्ने बताइएको छ ।


यो फिल्म नेपाली फिल्म क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित फिल्म हो, जसमा नायक प्रदीप खड्का मुख्य भूमिकामा छन् । लण्डनमा पोष्ट प्रोडक्सन भइरहेको यो फिल्ममा विजय लामा, दीया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दिनेश डीसी, कृष्णभक्त महर्जन, विकास अधिकारी लगायतका कलाकारहरुको अभिनय छ ।


बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन रहेको यो फिल्ममा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीना सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीतावादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङको लगानी छ ।