पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘झरीपछिको इन्द्रेणी’ राखिएको छ ।
चलचित्र विकास बोर्डमा समेत नाम दर्ता गरिएको यो चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहने चर्चा समेत छ । तर, आधिकारिक रुपमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन ।
अर्जुनले ‘सक्किगोनी’ निर्देशन गरेका थिए । यसपछि, उनी फिल्म ‘लाज शरणम्’को टिमसँग जोडिएका पनि थिए । अर्जुन जेपिटी क्रियशनका प्रमुख समेत रहेका छन् ।
यो फिल्मलाई सुशील कडरियाले निर्माण गर्नेछन् । कुमार ब्यञ्जनकारको लेखन रहने फिल्मको हाल स्क्रिप्टमा काम भइरहेको छ । कलाकारहरूको बारेमा केही पनि बताइएको छैन ।