काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा ४१ वर्षीया रविना ठाडाको हत्या भएको छ। प्रहरीले रविनाका श्रीमान् दैनिक सिंह ठाडा लाई पक्राउ गरेको छ। घटना शनिबार मध्यराति करिब १:३० बजे भएको थियो ।
प्रहरीका अनुसार ठाडाले आफ्नै हातबाट श्रीमतीको हत्या गरेपछि फोन गरी “सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुस्” भन्दै आफैं सूचना दिएका थिए। वडाध्यक्ष दीपेन्द्रराज कोइरालाबाट फोन नम्बर लिएरी प्रहरीलाई जानकारी गराइएको थियो ।
वीरेन्द्रनगर–१३ का वडाध्यक्ष कोइरालाका अनुसार, ठाडाले घटना गर्नुअघि परिवार र परिचितहरुलाई समेत फोन गरेका थिए। पक्राउको लागि प्रहरी चौकी करेखोलाबाट खटिएको टोली आइतबार बिहान २ बजे उनलाई नियन्त्रणमा लिएको थियो ।
जानकारीअनुसार, पूर्व नेपाली सेनामा कार्यरत ठाडाले आफ्नो श्रीमतीको हत्या टाउको र छातीमा चिर्पट प्रहार गरेर गरेको बताइएको छ; शव पोस्टमार्टमका लागि सुर्खेतको प्रदेश अस्पताल कालागाउँ पठाइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार, मादक पदार्थ सेवन नगर्ने व्यक्तिलाई मात्र हत्या गर्न सक्ने भन्ने सम्भावना व्यक्त गरिएको छ भने वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































