काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् ।
घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो ।
न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै भिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
घिसिङ गत शुक्रबारदेखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन्।
सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।