सिन्धुपाल्चोक— सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल पक्राउ परेका छन्। उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा २० वर्षपछि आइतबार गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। 

उनका अनुसार २०६२ भदौं २५ गते काठमाडौं तिलगंगा आँखा अस्पताल नजिक सडकमा उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। 

मृत्यु हुनेमा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा  मृत्यु भएको एसपी बोहराले जानकारी दिए। 

उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।