विराटनगर— तालुक प्रहरी प्रधान कार्यालय, मानवस्रोत तथा कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार पदोन्नती भएका प्राविधिक प्रहरी कर्मचारीलाई कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।
साउन १४ गते आयोजित विशेष कार्यक्रममा प्राविधिक प्रहरी नायब निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षकबाट प्राविधिक प्रहरी नायब निरीक्षक, र प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा पदोन्नती भएका कर्मचारीहरूलाई चिन्ह प्रदान गरिएको हो।
कार्यक्रममा एसएसपी अधिकारीले पदोन्नतीमा सफल प्रहरी कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिँदै थप जिम्मेवारीप्रति सजग रहन र उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिएका थिए।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेल, एसपी आ. हरी डंगोल, अन्य वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
पदोन्नती कार्यक्रमले प्रहरी संगठनभित्र कार्यप्रति उत्साह थपिएको र जिम्मेवारीप्रति गम्भीरता बढेको विश्वास गरिएको छ।