काठमाडौं— बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका–१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई काठमाडौं महानगरपालिका–८ गौशालाबाट मंगलबार पक्राउ गरेको हो ।
साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसादलाई बूढानीलकण्ठ नगरपालिका६ बाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।