पाँचथर— पाँचथरको फालेलुङ गाउँपालिका–७ आहालेका महेन्द्र तामाङले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। पारिवारिक विवादका क्रममा तामाङले २२ वर्षीया श्रीमती अनु राईमाथि बुधबार राति आक्रमण गरेका थिए।
घाइते राईलाई तत्काल उपचारका लागि झापास्थित विएण्डसि अस्पताल लगिएको थियो। तर गम्भीर घाइते भएकी उनको शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
राई माइती घर फिदिम नगरपालिका–१ नाम्दुमा बस्दै आएकी थिइन्। तामाङ केही दिनअघि ससुराली आहालेबाट नाम्दु आएका थिए । घटनाको कारण पारिवारिक विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमाबाट खुलेको छ।
प्रहरी निरीक्षक तथा कार्यालयका सूचना अधिकारी रुपेश तामाङका अनुसार, घटनापछि फरार भएका तामाङलाई फिदिम नगरपालिका–६ सिवाबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान भइरहेको छ।