कञ्चनपुर— जिल्लामा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते भएका छन्। दुई जनाको समूहले खुकुरी प्रहार गर्दा पुनर्वास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोरा बुधवार राति पुनर्वास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी स्थित निर्सग अस्पताल ल्याइएको छ।
कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएएको छ। पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        