काठमाडौं – काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।
गएराति गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित खोलामा डुबेर काठमाडौं कपन बस्ने चितवन घर भएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।