बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । 


आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् । 


यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको छ, जसमा वेब सिरिजको स्टार कास्टको खुलासा भएको छ । 


ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आर्यन खानद्वारा निर्देशित वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ को पहिलो पोस्टर सेयर गरेको छ। यो पोस्टरमा फिल्मको सम्पूर्ण स्टार कास्ट देख्न सकिन्छ । यो पोस्टरसँगै नेटफ्लिक्सले सिरिजको प्रिभ्यू पनि रिलिज गरेको छ। 


नेटफ्लिक्सले लेख्यो, ‘पर्दा झर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ ? यो शो पर्दाको साथ आउँदैछ, द ब्याड्स अफ बलिउड ।’