काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो।

आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुईहजार दुईसय ९० रुपैयाँ कायम भएकोे छ।