काठमाडौं— सरकारको बाह्य लगानी स्थितिमा सुधार आएको छ । गत आर्थिक वर्ष ०८२ असार मसान्तसम्म मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ३ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको छ ।

०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँ बचतमा  थियो ।