काठमाडौं— सोमबारदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर १ रुपैयाँले घटाइएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा लागू हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।

पेट्रोलको मूल्य घटेर आए पनि खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।

निगमले सार्वजनिक गरेको विज्ञप्तिमा मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा गरिएको जनाइएको छ।

pp_iluTxJeVqS