काठमाण्डौ । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र १ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।

झापामा भईरहेको जेनजीहरुको प्रदर्शनमा ११ जना भन्द बढी प्रदर्शनकारीलाई गोली लागेर घाईते भएका छन् । गोली लागेर घईते हुनेमा प्रकाश भट्टराई,अबिनास राई, साएम चामलिङ्ग, ३,अबुसेक लिम्बू,प्रयुस चौहान, युनिस दाहाल, सागर हेमरमसहितका दर्जन भन्दा बढी घईते भएका हुन् ।

नेपालभरी जेनजीहरुले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको प्रदर्शन गरेका छन् ।