काठमाण्डौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो ३:३० बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा  उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।

घाइतेहरूको संख्या १३० भन्दा बढी, सिभिल अस्पतालले थेग्न सकेन जेन–जी प्रदर्शनका क्रममा प्रहरीकाे बल प्रयाेगबाट घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।

घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउने तयारी गरेको छ। एम्बुलेन्ससमेत अपुग भएपछि अन्य अस्पतालहरूसँग एम्बुलेन्स मागेको छ।