काठमाण्डौ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।

देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आन्दोलन उग्र बनेको थियो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा परी देशभरका विभिन्न अस्पतालमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । जसमध्ये ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ ।