काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।