काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरी १४ मन्त्रालय आफैँसँग राखेकी छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँसँग राखेकी हुन्। 

यसैबीच, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन जना मन्त्रीले शपथ लिएका छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रीमा कुलमान घिसिङले शपथ लिएका हुन्

sapat-768x403