पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्की जिल्लाका दुई वडा सभापतिलाई निलम्बन गरेको छ।
गण्डकी प्रदेश रास्वपाका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई तत्काल प्रभावबाट निलम्बन गरिएको उल्लेख छ।
रास्वपाका अनुसार दुवै नेताले गरेको भनिएको गैरजिम्मेवार गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अनुशासनको दृष्टिले निलम्बन गरिएको हो।
पार्टीले थप छानबिनपछि आवश्यक निर्णय लिइने जनाएको छ।