काठमाण्डौ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।
आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ ।
आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा मूल्यलाई नै यथावत कायम हुने नेपाल आयल निगमले जनाएको छ ।
