काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।