काठमाण्डौ  ।  राष्ट्रिय अनुसन्धान विभागको निर्देशकमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको छ ।

गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका कार्की नियुक्त भएका हुन । कार्की पनि यसअघिका प्रमुख  हुतराज थापाकै ब्याचमेट हुन् ।

जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । राष्ट्रिय अनुसन्धान विभागको संरचनामा २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ।